नेपाल नागरिक उड्डयन प्राधिकरण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय
गौचरको
शिलवन्दी वोलपत्र आव्हानको सूचना
(संशोधित सूचना प्रकाशित मिति २०७५।०५।२९)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनको चेकइन एरियामा २०.०० बर्ग मिटर क्षेत्रफलमा कन्फेक्सनरी पसल संचालन गर्नको लागि ठेक्का वन्दोवस्त गर्नु पर्ने भएकोले नेपाल सरकारको सम्वन्धीत निकायवाट इजाजत प्राप्त गरेका इच्छुक फर्म÷कम्पनीहरुले निम्न शर्तहरुको अधिनमा रही वोलपत्र फाराम पेश गर्नु हुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
शर्तहरुः–
१. यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) औं दिनको कार्यालय समय भित्र राष्ट्रिय वाणिज्य वैक गौचर शाखामा रहेको यस कार्यालयको हि.न. ५८ मा प्रत्येक पसलको लागि रु.१,०००।– (एक हजार मात्र) र सो रकममा लाग्ने मू.अ.कर समेत जम्मा गरी (पछी फिर्ता नहुने) सो को सक्कल भौचर यस कार्यालयको राजश्व शाखामा पेश गरी प्राप्त रसिद (Tax Invoice), नविकरण सहितको फर्म दर्ता प्रमाण पत्र, आयकर दर्ता प्रमाण पत्र, मू.अ.क. दर्ता प्रमाण पत्र सहित निवेदन पेश गरी यस कार्यालयको कर्पोरेट महाशाखाबाट छुट्टाछुट्टै वोलपत्र फाराम खरिद गर्न सकिनेछ ।
२. वोलपत्रसाथ रजिस्टर्ड फर्म/कम्पनीको फर्म दर्ता प्रमाण पत्र (नविकरण सहित), सम्वन्धीत निकायवाट व्यवसाय संचालन गर्न प्राप्त इजाजत पत्र, आयकर दर्ता प्रमाण पत्र, VAT/PAN दर्ता प्रमाण पत्र, करचुक्ता प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपी, व्यवसाय संचालन गर्ने काम कारवाहीमा भाग लिन अयोग्य नभएको र आफूले यस सम्वन्धमा सजाय नपाएको वा कालोसूचीमा नपरेको भनी लिखित रुपमा गरेको स्व–घोषणा पत्र पेश गर्नु पर्नेछ ।
३. ठेक्का अवधि ३ बर्षको हुनेछ । उक्त ३ बर्ष अवधिको न्युनतम ठेक अंक रु.३२,७६,०६९।– (बत्तिस लाख छैहत्तर हजार उनान्सत्तरी रुपैयाँ) कायम गरिएको छ ।
४. यस कार्यालयलाई तिर्न वुझाउनु पर्ने वाँकी वक्यौता भएका व्यक्ति हिस्सेदार भएको फर्म/कम्पनीले सो वक्यौता फछ्र्याट नगरेको अवस्थामा त्यस्ता फर्म/कम्पनीहरुको वोलपत्र स्वीकृत गरिने छैन ।
५. वोलपत्रसाथ आफूले कवोल गरेको वहाल रकमको ५% ले हुने रकम रा.वा.वैंक गौचर शाखामा रहेको यस कार्यालयको धरौटी हि.नं ७० मा जम्मा गरेको सक्कल भौचर वा सो वरावर रकमको यस कार्यालयको नाममा मान्यता प्राप्त वैकवाट जारी भएको ६ महिना अवधि भएको वैङ्क ग्यारेन्टी -Bid Bond_ वोलपत्र साथ पेश गर्नु पर्नेछ ।
६. बोलपत्र फाराम यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) औं दिनको कार्यालय समय भित्र खरिद गरी ३१ (एकतीस) औ दिनको १२ः०० वजे भित्र यस कार्यालयको कर्पोरेट महाशाखामा दाखिला गरि सक्नु पर्नेछ । दाखिला हुन आएका बोलपत्रहरु सोही दिनको २ः०० बजे सम्वन्धीत बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । सो दिन वोलपत्रदाताको तर्फवाट अख्तियारी पत्र सहित प्रतिनिधि उपस्थित हुनु पर्नेछ । वोलपत्रदाता वा निजको प्रतिनिधिको उपस्थिती नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन । बोलपत्र खरिद गर्ने तथा दर्ता गरिने अन्तिम दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन सोही समयमा खरिद तथा दर्ता गरिनेछ ।
७. दाखिला गर्ने बोलपत्रको खाम शिलबन्दी गरी खाम वाहिर कुन विषयको वोलपत्र हो सो स्पष्ट लेखी श्री कर्पोरेट महाशाखा त्रि.अ.वि.ना.उ.कार्यालय, गौचरलाई सम्बोधन गरी यस कार्यालयको कर्पोरेट महाशाखामा दर्ता गराउनु पर्नेछ ।
८. वोलपत्रको दररेट भर्दा अंक र अक्षर दुवैमा लेखिएको हुुनु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ ।
९. भविष्यमा कुनै कारणवश क्षेत्रफल÷एरियामा थपघट भएमा सोही अनुपातमा किस्ता रकममा समेत थपघट हुनेछ । साथै विमानस्थल सेवा शुल्क नियमावलीमा फेरबदल भएमा सोही बमोजिमका सर्तहरु लागू हुनेछन ।
१०. रित नपुगी वा म्याद नाघी वा शर्त राखी आएको बोलपत्र उपर कुनै कारवाही गरिने छैन ।
११. प्राप्त हुन आएका बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।
१२. वोलपत्रका अन्य शर्तहरु वोलपत्र फाराममा उल्लेख गरिएको छ ।
१३. यसमा नपरेका अन्य कुराहरु प्रचलित नियमानुसार हुनेछ ।
१४. यस सम्बन्धी अन्य कुरा बझ्नु परेमा यस कार्यालयको कर्पोरेट महाशाखामा कार्यालय समय भित्र बुझ्न सकिनेछ ।
विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय आगमन तर्फ हाल खरिद गरिएका 500 नयाँ ब्यागेज ट्रली सञ्च...